डा. केसीको सेती अस्पतालमा उपचार हुँदै

पुस ३, २०८० | धनगढी

धनगढीमा ७२ घण्टा अनशसन बसेका प्राध्यापक डाक्टर गोबिन्द केसीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । अनशन तोडेपछि उहाँलाई उपचारका लागि अस्पताल भर्ना गरिएको हो । डाक्टर केसीको स्वास्थ्य अवस्था सामान्य भएपनि केहीसाता अघि मात्र शल्यक्रिया गरिएको हुँदा केही दिन अस्पतालमै राखेर उपचार गराइनु पर्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शेरबहादुर कमरले बताउनुभयो । सरकारले विगतमा आफूसँग गरेका सहमति कार्यान्वयन नगरेको भन्दै डाक्टर केसी गत मंसिर २९ गतेदेखि तीन दिन धनगढीस्थित लक्ष्मीनारायण २१औं अनशसन बस्नु भएको थियो ।


प्रतिक्रिया