प्रदुषण नियन्त्रणको माग गर्दै पाल्पाको सोमादीस्थित सिजी सिमेन्ट उद्योगमा तालाबन्दी

पुस ८, २०८०

प्रदुषण नियन्त्रणको माग गर्दै पाल्पाको रैनादेवी छहरा २, सोमादीस्थित सिजी सिमेन्ट उद्योगमा स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन् । सर्देवा, भवानी, भर्ले, तान्सिंगल, सोमादी, जोगीथुप र देउराली लगायतका स्थानीयको भेलाले प्रदुषण नियन्त्रणमा लापरवाही गरेको भन्दै कम्पनीमा तालाबन्दी गरेका हुन् । 

स्थानीयको तालाबन्दीपछि निर्माणका काम ठप्प भएको कम्पनीले जनाएको छ । स्थानीय केशव पोखरेलका अनुसार पटक पटक सिजी सिमेन्ट उद्योगका प्रतिनिधिलाई अनुरोध गर्दा समेत आङ्खना माग पूरा नगरेपछि आन्दोलनमा उत्रिनुको विकल्प नरहेको उहांले बताउनुभयो ।

सिजी सिमेन्ट प्रालि संचालन गर्दा धुलोधूंवा, प्रदुशषणका कारण समस्या देखिएको, कम्पनीका कामदारले जथाभावी फोहोर गरेको, वातावरणीय प्रदूषण बढाएको स्थानीयको आरोप छ । 


प्रतिक्रिया