५८ बर्षपछि मुगुमा जिल्ला प्रहरी कार्यालय भवन निर्माण

पुस ८, २०८० | मुगु

मुगुको जिल्ला प्रहरी कार्यालयको भवन करिव ५८ बर्षपछि पुननिर्माण गरिएको छ ।

प्रहरी महानिरिक्षक बसन्तबहादुर कुवँरले आज नवनिर्मित भवनको उद्घाटन गर्नुभयो ।

लामो समयपछि हिमाली जिल्ला मुगुमा सुविधायुक्त जिल्ला प्रहरी कार्यालय भवन निर्माणले सुरक्षाकर्मीहरुलाई बस्न र प्रशासनिक कामकाज गर्न सहज भएको महानिरिक्षक कुवँरले बताउनुभयो ।

नयाँँ भवन निर्माण कार्यले प्रहरी जवानमा उत्साह बढेको उहाँको भनाई थियो ।

बजेट अभावले गर्दा लामो समय सम्म प्रहरी कार्यालय भवन निर्माण नहुँदा कार्यरत प्रहरी जवानलाई बस्न देखि कामकाज गर्न समेत कठिनाई हुँदै आएको थियो ।  


प्रतिक्रिया