दिदी बहिनीलाई करणी गरेको आरोपमा लमजुङबाट एक जना पक्राउ

पुस ८, २०८० | लमजुङ

लमजुङमा एकै घरको दिदी बहिनीलाई करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्व्होलासोथार गाउँपालिका ३ का ६२ वर्षीय उदिमजंग गुरुङ छन् ।

गुरुङले १२ र १४ वर्षीया बालिकालाई पैसा दिएर ललाई फकाई करणी गरेको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत बिहीबार गुरुङलाई पक्राउ गरि शुक्रबार जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरेएको प्रहरीले आज मात्र जानकारी गराएको हो ।

पक्राउ परेका गुरुङले पीडित बालिकालाई छुट्टाछुट्टै समयमा करणी गरेको प्ररम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक थानेश्वर चपाइँले बताउनुभयो ।

ती दुवैजना बालिकालाई यसअघि पनि करणी गरेको अभियोगमा क्व्होलासोथारकै नन्दजंग गुरुङ अहिले कारागारमा रहेको लमज्ुङ प्रहरी प्रमुख डीएसपी मिनबहादुर घलेले बताउनुभयो ।  


प्रतिक्रिया