भारतीय ‘सार्प सुटर’ पक्राउ

पुस ११, २०८०

नेपाल प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका एक भारतीय नागरिकलाई प्रहरीले आज गोली हानेर नियन्त्रणमा लिएको छ । वीरगन्जको सीमानासित जोडिएको नेपाल–भारत सीमावर्ती विश्रामपुर गाउापालिका ३ बाट दुबै खुट्टामा गोली प्रहार गरी भारत विहार राज्य मोतिहारी जिल्ला तिनकोनीका ३२ बर्षीय सुजित सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सिंहको साथबाट घरेलु पेस्तोल र त्यसका गोली बरामद भएको प्रहरी उपरिक्षक सुरेशप्रसाद काफ्लेले बताउनुभयो । 

काफ्लेका अनुसार बारा सहित भारतका सीमावर्ती गाउामा कयौं व्यक्तिको हत्याको सुपारी लिएर ‘सार्प सुटर’ का रुपमा सिंहले लामो समयदेखि काम गर्दै आएका थिए । उनलाई २ महिना यता नेपाल प्रहरीले निगरानी गर्दै आएको काफ्लेको भनाइ छ । भारतबाट नेपाल प्रवेश गर्ने क्रममा सूचनाको आधारमा सिहंलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पछिल्लो समय सिहं कलैया उपमहानगरपालिका ६ स्थित बाल एकता निजी माध्यमिक विद्यालयका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्यामा समेत सामेल थिए ।


प्रतिक्रिया