राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

पुस १६, २०८०

राष्ट्रियसभा सदस्य निर्वाचन–२०८० का लागि हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । हेटौंडा–५ स्थित वाग्मती प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा वाग्मती प्रदेशबाट ४ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुनेछन् । 

प्रमुख निर्वाचन अधिकृत महेन्द्रबहादुर कार्कीका अनुसार वाग्मती प्रदेशमा ३ सय ४७ जनाले मतदाता छन् । यस प्रदेशमा १ सय १० जना प्रदेशसभा सदस्य र २ सय ३७ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता रहेका छन् । यसवर्ष प्रदेश सांसदको मतभार ५३ र स्थानीय तहको १९ कायम गरिएको उहांले बताउनुभयो । मतदान हेटौंडा–४ स्थित भुटनदेवी मावि प्राविधिक शिक्षालयको ‘एफ’ ब्लकमा हुनेछ ।


प्रतिक्रिया