मुगुका बिरामीले पाउदैनन एम्बुलेन्स

पुस २५, २०८० | मुगु

मुगुमा बिरामीले एम्बुलेन्स नपाउँदा उपचारमा समस्या हुने गरेको छ । आवश्यक परेको समयमा विरामीले एम्बुलेन्स नपाउँदा निजी सवारीसाधन प्रयोग गरेर उपचार गराउन जिल्ला बाहिर जान बाध्य छन् । जिल्ला अस्पताल, रेडक्रस, छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका, कार्मारोङ गाउँपालिका र छायाँनाथ सहकारी संस्था गरि जिल्लामा ६ वटा एम्बुलेन्स छ । यद्यपी, एम्बुलेन्सहरु नियमन निकायको नियन्त्रण भन्दा बाहिर रहँदा बिरामीले सास्ती खेप्नु परेको हो । जिल्लामा ६ वटा एम्बुलेन्स हुँदा पनि बिरामीले सेवा नपाएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति जयबहादुर मल्लले बताउनुभयो ।


प्रतिक्रिया