जर्बजस्ती सवारी कर असूलिएको पर्साका उखु किसानको आरोप

पुस २७, २०८० | पुस

पर्साको वीरगन्ज महानगर र कलैया उपमहानगरपालिकाले आफूहरुसंग जर्बजस्ती सवारी कर असूल्ने गरेको उखु किसानले आरोप लगाएका छन् । वीरगन्ज महानगरपालिकाको बिन्दवासिनी, श्रीपुर र लक्ष्मणवा ढाट तथा कलैया उपमहानगरपालिकाको मोतिसर ढाटमा कर असूली गर्ने गरेको किसानहरुले बताएका छन् । वीरगन्ज महानगरमा ठेकेदार आरपिए कन्सट्रक्सनले प्रति ट्याक्टर ६० रुपैया तथा कलैयामा ठेकेदार बिपि कन्सट्रक्सनले ५० रुपैया प्रति ट्याक्टर सवारी कर लिने गरेको उखु किसान हकहित संघर्ष समिति पर्साका सचिव पृथ्वी साह कानुले बताउनुभयो । २०७२ सालमा जिल्ला प्रशासन कार्यालयमा तत्कालिन प्रमुख जिल्ला अधिकारी, वीरगन्ज महानगरपालिका तथा जिल्ला समन्वय समिति तथा उखु किसानका प्रतिनिधिबीच भएको वार्ता र सहमतिपछि नगरपालिका बाहिर अनलोड हुने कुनै पनि बस्तुको कर नलाग्ने भनिएकोमा यस बर्ष भने जर्बजस्ती कर लिने गरिएको साहले बताउनुभयो । कर दिन आनाकानी गर्दा टे«लरबाट उखु थुतेर दुःख दिने गरेको किसानहरुको गुनासो छ । आफूहरुले ट्याक्टरको सवारी कर भन्दै बर्षेनी यातायात व्यवस्था कार्यालयमा ५ हजार ५ सय रुपैया बुझाउदै आएको किसानहरुले बताएका छन् । 


प्रतिक्रिया