दोलखामा सुख्खा पहिरोमा पुरिएर १ जनाको मृत्यु

फाईल फोटो  

माघ १, २०८० | दोलखा

दोलखाको विगु गाउँपालिका १ लामावगरबाट लप्ची जाने सडक खन्ने क्रममा सुख्खा पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ । दुईजना घाईते भएका छन् । 

पहिरोमा पुरीएर २२ वर्षीय कुशन तामाङको मृत्यु भएको हो । यस्तै पहिरोमा पुरिएर २८ वर्षीय दिलकुमार तामाङ र ५८ वर्षीय रसमान तामाङ घाईते भएका छन् ।

 लप्चीमा अहिले निर्माणाधीन दुगड हाईड्रोका लागि सडक निर्माणको काम भैरहेको छ । सो सडक खन्ने क्रममा सुख्खा पहिरो खसेको प्रहरीले जनाएको छ । सुख्खा पहिरोमा मृत्यु हुने र घाईते दुवै सडकमा काम गर्ने कामदार भएको पाइएको छ ।  


प्रतिक्रिया