बागलुङमा गाउँसभाले बिनियोजन गरेको बजेटमा असहमति जनाउँंदै प्रशासकीय भवनमा ताला

माघ ४, २०८० | बाग्लुङ

गाउँसभामा बिनियोजित रकममा असहमति जनाउँंदै बाग्लुङको तमानखोला गाउँपालिका ४ का अध्यक्ष सहित जनप्रतिनिधिले प्रशासकीय भवनमा ताला लगाएका छन् ।

गत आइतवार भएको गाउंसभाले बिनियोजन गरेको बजेटमा असहमति जनाउंदै अध्यक्ष छवि सिर्पाली सहितका टोलीले आज अपरान्ह ताला लगाएको हो ।

गाउँपरिषदले बिनियोजन गरेको १५ लाख रुपैयाँको शीर्षकमा भएको खर्चमा आफूहरुको असहमति रहेको उहाँले बताउनुभयो ।

गाउँपरिषद्को बहुमतले १५ लाख रुपैयाँ बीपी स्मृति भवन निर्माणका लागि बिनियोजन गरेको थियो । कांग्रेस जिल्ला कार्यसमितिले निर्माण गरिरहेको भवनकालागि पालिकाले रकम बिनियोजन गरेको हो ।  


प्रतिक्रिया