विवादकाबीच मधेश कृषि विश्वविद्यालय भवन शिलान्यास

माघ ८, २०८० | सप्तरी

जनता समाजवादी पार्टी जसपा र जनमत पार्टीको विवादकाबीच सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविद्यालय भवन शिलान्यास भएको छ ।

जनमत पार्टीको विरोधका बावजुद जसपाका अध्यक्ष उपेन्द्र यादवले सो विश्वविद्यालयको भवन शिलान्यास गर्नुभएको हो । कडा सुरक्षा व्यवस्थाका बीच अध्यक्ष यादव सो कार्यक्रममा सहभागी हुनुभएको थियो ।

अध्यक्ष यादवलाई सहभागी गराएर शिलान्यास गरिएको भन्दै जनमत पार्टीका कार्यकर्ता विरोधमा उत्रिएका थिए । प्रदेश सांसद सतिश सिंहको नेतृत्वमा जनमत पार्टीका कार्यकर्ताले कार्यक्रमस्थल नजिक प्रदर्शन गरेका थिए ।

जसपा अध्यक्ष यादवलाई प्रमुख अतिथि बनाउन नहुने भन्दै जनमतका नेता, कार्यकर्ताले विश्वविद्यालयमा तालाबन्दी गरेर हिजोदेखि नै विरोध गरेका थिए । मधेसको राजनीतिका प्रतिस्पर्धी जसपा र जनमतवीच विश्वविद्यालयको भवन शिलान्यासको बिषयमा समेत विवाद भएको हो ।

यसैबीच, झडपका क्रममा मधेस प्रदेशका शिक्षा मन्त्री महेशप्रसाद यादवसहित जनमत पार्टीका एक दर्जन कार्यकर्ता घाइते भएका छन् । उनीहरुको स्थानीय गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको हाम्रा सहकर्मीले जनाएका छन् । 


प्रतिक्रिया