सप्तरीको मधेश कृषी विश्वविद्यालयमा लगाइएको ताला खुल्यो

माघ २५, २०८० | राजविराज

सप्तरीको राजविराजस्थित मधेश कृषी विश्वविद्यालयमा जनमत पार्टीका कार्यकर्ताहरुले लगाएको ताला खोलिएको छ ।

आज विहान जिल्ला समन्वय समितीमा भएको स्थानीय प्रशासनसहितको सर्वदलिय बैठकमा सहमतिपछि विश्वविद्यालयको ताला खोलिएको हो । कृषी विश्वविद्यालयको शिलान्यास कार्यक्रममा प्रमुख अतिथी सम्बन्धी विवाद भएपछि जनमत पार्टीका कार्यकर्ताहरुले गत माघ ७ गते तालाबन्दी गरेका थिए ।

शिलान्यासका सन्दर्भमा विश्वविद्यालयवाट समन्वय नहुँदा कमीकमजोरी भएको स्वीकार्दै आगामी दिनमा सबै दल र प्रशासनको सहकार्यमा अघि बढ्ने तथा विश्वविद्यालयका सवालबारे एक महिनाभित्र प्रतिवेदन सार्वजनिक गर्ने लगायत सहमति भएको विश्वविद्यालयका रजिष्ट्रार डा.भगवान ठाकुरले जानकारी दिनुभयो ।

भवन शिलान्यासका लागि विश्वविद्यालयले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथी वनाएपछि असन्तुष्ट बनेको जनमत पार्टीले तालाबन्दी गरेको थियो ।


प्रतिक्रिया