सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत

माघ २८, २०८०

सुर्खेतमा वर्षौ देखी सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत गरिएको छ । सुर्खेतको प्रमुख पर्यटकीय स्थल कांक्रेविहार जाने मंगलगढी कांक्रेविहार सडक वर्षौंदेखि अलपत्र पारेपछि जमानत रकम जफत गरिएको हो । अमर–सिस्ने नेपाल–मेघा कम्पनीको जमानत जफत गरिएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतले जनाएको छ । 

कार्यालयका सूचना अधिकारी हरिशर्मा धितालले समयमै काम नगरेका कारण जमानत जफत गरिएको बताउनुभयो । कम्पनीको ८७ लाख रकम जफत गरिएको हो । सुर्खेतको प्रमुख पर्यटकीय स्थल कांक्रेविहार जाने सडक वर्षौंदेखि अलपत्र छ । मंगलगढी चोकदेखि लाटीकोइलीको शिवमन्दिरसम्मको सडक अलपत्र पर्दा नागरिकले सास्ती बेहोर्नुपरेको हाम्रा सहकर्मीले जनाएका छन् । 


प्रतिक्रिया