मुगुमा मातृ मृत्यूदरमा कमी
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2024/news/thumb4-1708173714.jpg&w=700&height=600)
फाल्गुन ५, २०८० | मुगु
मुगुमा मातृ मृत्यूदरमा कमी आएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
साउनदेखि माघ मसान्तसम्म मातृ मृत्यूदरको संख्या शुन्य रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. कमल ढुंगानाले बताउनुभयो । सुत्केरीका लागि भरपर्दो प्रसुती सेवा प्रदान भएपछि मुगुमा मातृ मृत्यूदरमा कमी आएकोे उहाँको भनाइ छ ।
आफनो शरिरको अवस्थालाई ध्यानमा राखि घरमा सुत्केरी हुनेको संख्या घटेर स्वास्थ्यचौकी र अस्पतालमा सुत्केरी हुनेको संख्या बढेको छ ।
गत साउन देखि फागुन ४ सम्म जिल्ला अस्पतालमा मात्र सुत्केरी हुनेको संख्या १ सय ४५ रहेको जिल्ला अस्पतालकी नर्सिङ्ग निरिक्षक सुनिता शाहीले जानकारी दिनुभयो ।
मुगुको चार वटा स्थानीय तह र जिल्ला अस्पतालमा गरी प्रसुति गृहको संख्या ३२ वटा रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।