वैदेशिक पलायन रोक्न स्वरोजगार मुलक शिक्षा आवश्यकः मुख्यमन्त्री पण्डे

फाल्गुन ६, २०८० | बागलुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वैदेशिक पलायन रोक्न स्वरोजगार मुलक शिक्षा आवश्यक भएको बताउनु भएको छ ।

बागलुङको गलकोट बहुमुखी क्याम्पसले आयोजना गरेको श्रीमद भागवत शैक्षिक ज्ञान महायज्ञको उद्घाटन गर्न पुगेका पाण्डेले स्वदेशमै रोजगारी गरेर मनग्ये कमाउन सक्ने शिक्षाको विकास आजको आवश्यकता रहेको स्पष्ट पार्नुभयो ।

आफ्नै माटोको माया गर्ने जनशक्ति बनाउने शिक्षाको आवश्यकता रहेको पनि उहाँले औँल्याउनु भयो । मुख्यमन्त्री पाण्डेले भौतिकपूर्वाधार निर्माणमा स्थानीय र प्रदेश सरकारले साथ दिने भन्दै नैतिकशिक्षा र राष्ट्रभक्ति सिकाउने काम समाजको भएको बताउनुभयो ।

गलकोट बहुमुखी क्याम्पसले आवश्यक संकाय थप गर्ने लक्ष्यले महायज्ञ सञ्चालन गरेको हो । महायज्ञबाट उठेको रकमले बागलुङको बुर्तिवाङ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैयाको अस्पताल बनाउने निर्णय पनि भएको छ । 


प्रतिक्रिया