रुपन्देहीमा ३ लाख बढी बालबालिकालाई दादुरा रुवेला खोप लगाइदैं

फाल्गुन ८, २०८०
९ महिनादेखि १५ बर्ष उमेर पुरा गरेका रुपन्देहीका ३ लाख भन्दा धेरै बालवालिकालाई आउदो फागुन १३ देखि २४ गतेसम्ममा दादुरा रुवेला खोप लगाइने भएको छ । यसका लागि रुपन्देहीमा १ हजार १ सय खोप केन्द्र निर्धारण गरिएको छ । २ हजार २ सय जना स्वास्थ्यकर्मी मार्फत् रुपन्देहीमा रहेका सो उमेर समुहका १ लाख १४ हजार ७ सय ३८ जनालाई दादुरा रुवेलाको खोप दिने तयारी गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
कार्यालयका अनुसार, १६ वटा पालिका रहेको रुपन्देहीमा प्रथम चरणमा फागुन १३ देखि १७ गतेसम्म बुटवल उपमहानगरपालिका, देवदह नपा, तिलोत्तमा नपा, लुमिबनी सांस्कृतिक नपा, सिद्धार्थनगर नपा, ओमसतिया गापा, रोहिणी गापा, सियारी र शुद्धोधन गाउपालिकामा खोप लगाउने तयारी गरिएको छ । दोश्रो चरण फागुन २० देखि २४ गतेसम्म सैनामैना नपा, गैडहवा गापा, कन्चन गापा, सम्मरीमाइ गापा, मर्चवारी गापा, कोटहीमाइ र मायादेवी गाउपालिकामा लगाइने छ । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले खोपबाट बालबालिका नछुटुन भन्ने उद्धेश्यले सरकारले देशव्यापी रुपमा खोप अभियान संचालन गरेको बताउनुभयो ।