माओवादीको स्थायी कमिटी बठैक आज बस्दै

फाल्गुन १०, २०८० | काठमाडौं

विधान अधिवेशन सकिए लगत्तै माओवादी केन्द्रले स्थायी कमिटी बठैक आज बोलाएको छ । समसामयिक राष्ट्रिय राजनीति, पार्टीको आगामी कार्ययोजना, एवं नेताहरुको जिम्मेवारीमा रहेका कामको समिक्षा गर्न माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको हो ।

विधानक अधिवेशनपछि पार्टीको आगामी रणनीतिक कार्ययोजना तय गर्न स्थायी समिति बैठक बोलाईएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।

बैठक कोटेश्वरको पेरिषडाँडास्थित पार्टी केन्द्रीय कार्यलयमा शुरु भएको छ । सत्तारुढ कंग्रेसमा चुनावी गठवन्धनको विषयले सत्ता राजनीतिलाई नै तरङ्गित बनाईरहेका बेला माओवादी केन्द्रको स्थायी समितिको बैठकलाई महत्वका साथ हेरिएको छ ।

यद्यपि, कंग्रेसमा प्रवेश पाएको चुनावी गठवन्धनको विषयमा स्थायी समिति बैठकमा औपचारिक छलफल भने नहुने प्रवक्ता सापकोटाको भनाई छ । 

कंग्रेस महासमिति बैठकमा चुनावी गठवन्धनको विषय पेचिलो बनिरहेका सभापति शेर बहादुर देउवा लगायतका पार्टीका शीर्ष नेताहरुले प्रधानमन्त्री पुष्प कमल दाहालसंग निरन्तर भेतवार्ता गररहेका छन् । 


प्रतिक्रिया