कांग्रेस महासमितिको बैठक आज सकिँदै

फाल्गुन १०, २०८० | काठमाडौं

नेपाली कांग्रेसको महासमिति बैठकमा प्रस्तुत विभिन्न प्रतिवेदनमा समूहगत छलफल आज पनि जारी छ । उपसभापति पूर्णबहादुर खड्काको नीति सम्बन्धी प्रस्ताव, महामन्त्री गगन थापाको सांगठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माको राजनीतिक प्रस्ताव एवं पार्टी प्रवक्ता एवम् अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको मुलुकको आर्थिक अवस्था र भावी दिशासम्वन्धि प्रस्तावमा समूहगत छलफल भईरहेको छ ।

छलफलका लागि विभिन्न ४ समूह बनाईएको छ । अहिले सम्म ४ सय ५० भन्दा बढी सदस्यले धारणाा राखेको प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिनुभयो ।

पेश भएका प्रस्ताव र प्रतिवेदनमा सदस्यहरुले धारणा राख्ने र अनुमोदन गरेपछि महासमिति बैठक आजै सकिने विश्वकर्माको भनाई छ ।

नीति महाधिवेशन भनिएको महासमिति बैठक चुनावी गठबन्धन सम्वन्धी राजनीतिक विषयमा अल्झिएपछि मुलुकको आर्थिक अवस्था, पार्टीले लिने नीति जस्ता महत्वपुर्ण विषय भने ओझेलमा परेका छन् ।

महासमिति बैठक पार्टीको आन्तरिक शक्ती सञ्चय र अनावश्यक राजनीतिक विषयमा अल्झिएको भन्दै आलोचना भईरहेको छ । 


प्रतिक्रिया