बालकुमारी घटनाबारे संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुख घिमिरेको रुलिङ

फाल्गुन १०, २०८० | काठमाडौं

सभामुख देवराज घिमिरेले गत पुष दोस्रो साता भएको बालकुमारी घटनाबारे सांसदहरूले संसदमा उठाएका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी एमाले र रास्वपा लगायतका दलहरूले ललितपुरको बालकुमारीमा पुस १३ गते भएको घटनामा संलग्नलाई कारबाही गर्न बेवास्ता गरेको आरोप लगाएका थिए ।

सो घटनाको छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनले दोषी देखाएकाहरूलाई जवाफदेही बनाउन सांसदहरुले माग गरेका थिए । त्यसपछि सभामुख घिमिरेले सरकारलाई घटनाको बारेमा जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको हो ।

कोरियन भाषा परीक्षाको विषयमा भएको विवादपछि युवाहरुले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा ललितपुरको बालकुमारीमा गत पुष १३ दुई जना युवाको मृत्यु भएको थियो । घटनाका पछाडि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला समेत दोषी रहेको प्रतिवेदन जाँचबुझ आयोगले बुझाएको भन्दै सांसदहरूले मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग राखेका थिए ।


प्रतिक्रिया