२५ दिनको पैदलयात्रापछि मिटर व्याज पीडित काठमाडौंमा
फाल्गुन ११, २०८० | काठमाडौं
तराई मधेशका विभिन्न क्षेत्रबाट २५ दिनको पैदलयात्रापछि काठमाडौं आएका मिटर व्याज पीडितले आज मार्च पास गरेका छन् ।
सरकारसँंग यसअघि भएका सम्झौता कार्यन्वयन नभएको एवम् साहुकरबाट पिडा नरोकिएको भन्दै उनीहरु झण्डै १ महिनाको पैदल यात्राबाट काठमाडौं आएका हुन् ।
मिटर व्याज पीडितहरुले थानकोटमा जम्मा भई काठमाडौका विभिन्न स्थानमा मार्च पास गरेका छन् । उनीहरु शहरको विभिन्न स्थान हुँदै सिंहदरवार क्षेत्रमा प्रवेश गर्न खोजेपनि प्रहरीले भृकुटीमण्डपमै रोकेको थियो ।
झण्डै २५ हजार ऋणीको नाममा नक्कली तमसुक बनाएर करिव सात अर्ब रुपैयाँको नक्कली तमसुक बनाइएको पीडितहरुको गुनासो छ ।
सो नक्कली तमसुक खारेजीका लागि यसअघी भएको सहमति कार्यन्वयन नभएको भन्दै संघर्षमा उत्रिनु परेको मिटर व्याज पीडित संघर्ष समितिका अध्यक्ष अवधेश कुशुवाहले बताउनुभयो ।