जाजरकोट भूकम्प प्रभावितलाई क्रिकेट संघको २० लाख सहयोग

फाल्गुन १२, २०८० | काठमाडौं

नेपाल क्रिकेट संघ क्यानले जाजरकोट भूकम्प प्रभावितका लागि २० लाख रुपैयाँ सहयोग गरेको छ ।

गत कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दुु बनाइ गएको भूकम्पबाट प्रभावित भएकाहरुलाई सहयोग स्वरुप प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सो रकम सहयोग गरेको हो ।

टि–ट्वान्टी विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोट अन्तर्गत गत भएको नेपाल र ओमानबीचको फाइनल खेलमा टिकट विक्रिमार्फत प्राप्त रकमको ५० प्रतिशत सहयोग गरिएको क्यानले जनाएको छ ।

जाजरकोट भूकम्पबाट क्षतिग्रस्त संरचनाको पूर्ननिर्माणका लागि सहयोग स्वरुप सो रकम प्रधानमन्त्री पुुष्पकमल दाहाललाई क्यानका अध्यक्ष चतुरबहादुुर चन्द, सचिव पारस खड्का लगायत प्रतिनिधिको टोलीले आज हस्तान्तरण गरेको हो । 


प्रतिक्रिया