मुगु गमगढीका सिसि क्यामेरा प्रयोगविहीन

फाल्गुन १४, २०८० | मुगु

मुगुको सदरमुकाम गमगढी क्षेत्रमा जडान गरिएको सीसी क्यामेरा प्रयोगविहीन भएका छन् । छायाँनाथ रारा नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा ९ लाख ९५ हजार रुपैयाँ लागतमा खरिद गरी जडान गरेका सीसी क्यामेरा प्रयोगविहीन बनेका हुन् । गमगढी बजारको अदालत चोकदेखि महाकाली माविको गेटसम्म जडान गरिएका १९ वटा सीसी क्यामेरा गत पुसदेखि बन्द अवस्थामा छ ।

चोरी तथा अन्य अपराधका घटना नियन्त्रण तथा अनुसन्धान गर्न सुरक्षाकर्मीलाई सहज बनाउने उद्देश्यले नगरपालिकाले जडान गरेको क्यामेरा बिग्रिएको लामो समय भईसक्दा पनि मर्मत हुन सकेको छैन ।

गमगढी बजारमा जडान गरिएका १९ वटा क्यामेरा बिग्रिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो । गत पुस पहिलो सातासम्म बजार क्षेत्रका ६ वटा क्यामेरा बिग्रिएका थिए भने अहिले सबै क्यामेरा बिग्रिदा समस्या भएको उहाँको भनाई छ । बिग्रिएका क्यामेरा चाँडै मर्मत गरिने छायाँनाथ रारा नगरपालिकाकी उपप्रमुख ऐश्वर्य शाहीले बताउनुभयो । 


प्रतिक्रिया