संघीय निजामती ऐन संसदमा ल्याउने तयारी भइरहेको छः प्रधानमन्त्री दाहाल

फाइल फोटो  

फाल्गुन १६, २०८० | काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय निजामती ऐन मन्त्रिपरिषद् बाट पारित भइसकेको जानकारी दिँदै संसदमा ल्याउने तयारी भइरहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले संघीय निजामती ऐन मन्त्रिपरिषद बाट पारित भइसकेको जानकारी दिनुभएको हो ।

संघ, प्रदेश र स्थानीय तहमा प्रशासनिक संघीयता कार्यान्वयनका लागि संघीय निजामती ऐन सरकारले अगाडि बढाउन लागेको हो । प्रधानमन्त्री दाहालले संघ, प्रदेश र स्थानीय तहबीच पछिल्लो समयमा निरन्तर सहकार्य भइरहेको बताउनुभयो ।

तीन तहबीच अधिकारसूचीको कार्य विस्तृतिकरण गर्न लागिएको उहाँको भनाइ थियो । प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सरकार गठन भएदेखि नै सुशासन, समृद्धि र सामाजिक न्यायलाई प्राथमिकता दिएर अगाडि बढिरहेको दावी गर्नुभयो ।


प्रतिक्रिया