बाँकेमा यो वर्ष ६० जना कुष्ठरोगका नयाँ बिरामी फेला

फाल्गुन १६, २०८० | बाँके

बाँकेमा यो वर्ष कुष्ठरोगका ६० जना नयाँ बिरामी फेला परेका छन् । जिल्लास्थित साइनिङ अस्पतालका प्रमुख मंगल थारुले गत साउनदेखि पुससम्ममा ६० जना कुष्ठरोगका बिरामी फेला परेको जानकारी दिनुभयो ।

उहाँका अनुसार ६० मध्ये बाँकेका मात्रै २९ जना बिरामी छन् । सरकारले कुष्ठरोग निवारणका लागि विभिन्न अभियान सञ्चालन गरेपनि त्यो प्रभावकारी हुन सकेको छैन ।

बजेट अभावका कारण बाँकेमा कुष्ठरोग निवारण अभियान प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको अस्पतालका प्रमुख थारुले बताउनुभयो । सरकारले २०३० मा कुष्ठरोग पूर्ण निवारण गर्ने लक्ष्य लिएको छ ।

उपचारमा आउने कुष्ठरोगीलाई सरकारले यातायात खर्च अनुसार एक हजार रुपैयाँ उपलब्ध गराउने गरेको छ । तर, अहिले बजेट अभावमा यातायात खर्च पनि समयमा दिन नसकेको थारुको भनाई छ ।  


प्रतिक्रिया