डिजिटल कर्णालीको लागि कनक्लेभ

फाल्गुन १८, २०८० | काठमाडौं

सुर्खेतको वीरेन्द्रनगरमा आजदेखि डिजिटल कर्णालीका लागि कनक्लेभ आयोजना हुँदैछ । कर्णालीप्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउन्डेसनको आयोजनामा कनक्लेभ गर्न लागिएको हो ।

कर्णाली प्रदेशमा डिजिटल साक्षरतालाई बढाउने उद्देश्यसहित कनक्लेभ गर्न लागिएको आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले बताउनुभयो । कनक्लेभले प्रदेशको डिजिटल रोडम्याप बनाउनको लागि पनि सहयोग पुग्ने उहाँंले बताउनुभयो ।

मन्त्री जिसीका अनुसार कनक्लेभबाट विषयगत प्राथमिकता निर्धारण गर्न र आवश्यक नीतिगत निर्णय लिन सहजहुने विश्वास गरिएको छ । भोलिसम्म चल्ने कनक्लेभमा ४० बढि सरोकारवाला र विज्ञहरुले सहभागीता जनाउँदैछन् । कनक्लेभमा ४ वटा प्रस्तुतीसहित ६ वटा प्यानलमा अन्र्तक्रिया हुने मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया