सवारी दुर्घटनामा परि मोरङमा ३ जनाको मृत्यु

फाल्गुन १८, २०८० | काठमाडौं

मोरङको बेलबारीमा आज भएको सवारी दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको बेलबारी सडक खण्डस्थित टिपर, बस र जिप ठोक्किँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २७१८ नम्बरको बसलाई ठक्कर दिएको थियो । ठक्करपछि अनियन्त्रित बनेको टिपरले पूर्वबाट पश्चिमतर्फ नै आउँदै गरेको मे१ज २८५६ नम्बरको जिपलाई पुनः ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जिप चालक बिर्तामोड नगरपालिका–२ झापाका ३६ वर्षीय कृष्ण गजुरेल, जिपमा सवार झापाको कमल गाउँपालिका–२ का करिब ५१ वर्षीय यदुकान्त भट्टराई र पहिचान नखुलेकी अन्दाजी ५० वर्षीया महिलाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिपमै सवार झापाको कमल गाउँपालिका–२ करिब ५५ वर्षीय हरि खनाल, करिब ५० वर्षीया गायत्री भट्टराई र पहिचान नखुलेका करिव ४० वर्षीया पुरुष गम्भीर घाइते भएका छन् । घाईतेहरुको उपचार भइरहेको छ ।

टिपरचालक मोरङको सुन्दरहरैंचा नगरपालिका–७ का २३ वर्षीय चन्द्रबहादुर विक तथा बसचालक सुन्दरहरैंचा–१२ का ४५ वर्षीय छत्रकुमार मास्केलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया