वरिष्ठ प्रहरी अधिकृतको तस्वीर राखेर १२ लाख ठगी, तीन जना पक्राउ

फाल्गुन २१, २०८० | काठमाडौं

वरिष्ठ प्रहरी अधिकृतको तस्बिर राखी ह्वाटस्एप एकाउन्ट बनाई रकम असुली गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरीको राजविराजका एक ब्यक्तिलाई सो ह्वाटस्एप आइडीबाट फोन गरि सो समूहले रकम मागेका थिए । रकम नपठाए छोरालाई मारिदिने धम्की दिएपछि ती व्यक्तिले विभिन्न बैंकको फरक खातामा १२ लाख ८० हजार रुपैयाँ जम्मा गराएका थिए ।

जम्मा गरिएको सो रकम धम्की दिने समूहले लिएका थिए । त्यसपछि घटनाको अनुसन्धानमा जुटेको प्रहरीले संलग्न तीन जनालाई आज नियन्त्रणमा लिएको हो ।

 मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा झापाको मेचीनगरका सविन मैनाली र शुभम मैनाली तथा सुनसरीको धरानका आशिका बराइली छन् । उनीहरुविरुद्ध ठगी मुद्दामा ७ दिनको म्याद थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया