लुम्बिनीमा हुने भनिएको अन्तर्राष्ट्रिय शिखर सम्मेलन अन्योलमा

फाल्गुन २२, २०८० | बुटवल

संघीय सरकारमा नयाँ गठबन्धन बनेपछि लुम्बिनीमा हुने भनिएको अन्तर्राष्ट्रिय शिखर सम्मेलन अन्योलनमा परेको छ । 

लुम्बिनी प्रदेश सरकारले यही फागुन २८ र २९ रुपन्देहीको लुम्बिनीमा बालबालिका, विकास र शान्तिका लागि लोरियट्स एण्ड लिडर्स अन्तर्राष्ट्रिय चौंथो शिखर सम्मेलन’ आयोजना गर्ने तय भएको थियो । 

केन्द्र सरकारमा राजनीतिक समीकरण फेरिएस“गै लुम्बिनीको शिखर सम्मेलन पनि अनिश्चित भएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताउनुभयो ।

राजनीतिक घटनाक्रम फेरिएपछि सम्मेलनबारे निर्णय गर्न लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मंगलबार बिहान ११ बजे प्रदेश मन्त्रिपरिषदको बैठक बोलाउनु भएको छ । 

सम्मेलनमा ९ जना नोबेल पुरस्कार बिजेता सहित विभिन्न देशका राष्ट्र प्रमुख, पूर्व प्रधानमन्त्री सहित १८ जना विशिष्ट अतिथि आउने निश्चित भएको थियो । 

विश्वव्यापी रुपमा बालबालिकाको उत्थान प्रकृयामा देखिएका चुनौती र विपन्नतालाई अन्त्य गर्न, विकास प्रयासका एकीकृत र साझा दृष्टिकोण सहित एउटै आवाज तथा ठोस प्रतिबद्धता विकास गर्न र अन्तराष्ट्रिय रुपमा लुम्बिनीको ब्राण्डिङ गर्न प्रदेश सरकारले शिखर सम्मेलनको आयोजना गर्न लागेको थियो ।

राजनीतिक समीकरण फेरिएपछि मुख्यमन्त्री चौधरी र प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेय काठमाडौं आउनु भएको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट नभएपछि सम्मेलनको विषयमा टुंगो लाग्न नसकेको चौधरीले जानकारी दिनुभयो । 

सम्मेलन हुने सम्भावना न्यून रहेको मुख्यमन्त्री चौधरीले बताउनुभयो । राजनीतिक घटनाक्रम फरक भएपछि विदेशीहरुको स्वभाविक चासो रहने र त्यसले उनीहरुलाई असर पार्ने पनि चौधरीको भनाई छ ।


प्रतिक्रिया