नयाँ सत्ता गठबन्धनलाई दबाब

फाल्गुन २२, २०८०

नयाँ सत्ता गठबन्धनमा एकीकृत समाजवादी सहितका दलहरुलाई सहभागी गराउने गृहकार्य अघि बढेको छ । माओवादी केन्द्र, एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी सम्मिलित नयाँ सत्ता समीकरणमा अन्य दलहरुलाई पनि सहभागि गराउने प्रयास सुरु भएको हो । 

संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने सहमति सत्तारुढ दलहरुबीच हिजो भएको थियो । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहालले एकीकृत समाजवादीका नेताहरुसँग छलफल गर्नुभएको थियो । सरकारको कामलाई थप प्रभावकारी बनाउनका लागि सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा समान सोच राख्ने दलहरुबीच सहकार्य गर्ने सत्ता गठबन्धनको भनाइ छ । 

प्रदेशहरुमा सरकार गठनका लागि अन्य दललाई समेत समावेश गर्नुपर्ने बाध्यता गठबन्धनलाई छ । 


प्रतिक्रिया