कांग्रेसद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

फाल्गुन २२, २०८०

नेपाली कांग्रेसले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । काठमाडौको बुढानीलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा कंग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । 

सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको र अब रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने उपसभापति धनराज गुरुङले बताउनुभयो । अघिल्लो बर्ष पुष १० गते एमाले, रास्वपा र राप्रपासहित दलको समर्थनमा प्रधानमन्त्री बनेका दाहाललाई कंग्रेसले विश्वासको मत दिएको थियो । 

त्यसपछि कंग्रेसले गठबन्धन भत्काएर राष्ट्रपति पद लिन सफल भएको थियो भने ९ जना मन्त्रीसहित सरकारमा सहभागी भएको थियो । 


प्रतिक्रिया