वाग्मतीमा कांग्रेसद्वारा समर्थन फिर्ता

फाल्गुन २३, २०८०

नेपाली कांग्रेसले वाग्मती प्रदेशमा शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले मुख्यमन्त्रीलाई भेटेर सामूहिक राजीनामा बुझाउंदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराउनु भएको हो । 

लोकतान्त्रिक व्यवस्थामा सत्ता–प्रतिपक्ष हुनु स्वभाविक प्रक्रिया रहेको उहांको भनाई छ । कांग्रेसले समर्थन फिर्ता लिएसंगै सरकारबाट समेत बाहिरिएको छ । संघमा माओवादी केन्द्रसहितको गठबन्धन नै भत्किएपछि प्रदेश सरकारमा रहनु उचित नभएको भन्दै कांग्रेस मन्त्रीहरुले सामूहिकरुपमा राजीनामा दिएका हुन् ।

जम्कट्टेल नेतृत्वको १२ सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसबाट ६ जना मन्त्री थिए । 


प्रतिक्रिया