रुपन्देहीबाट ७ लाख रुपैयाँको अवैध चिनी बरामद

फाल्गुन २५, २०८० | तिलोत्तमा

रुपन्देहीमा अवैध रुपमा ल्याइएको ७ लाख रुपैयाँ मूल्य बराबरको चिनी प्रहरीले बरामद गरेको छ । 

रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) दुर्गा बहादुर थापाको कमाण्डमा खटिएको टोलीले आज मायादेवी गाउँपालिका–५ स्थित बुडवाबाट २ सय ५० बोरा (१२ हजार ५ सय केजी) चिनी बरामद गरेको हो । 

डीएसपी थापाका अनुसार विशेष सूचनाका आधारमा भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याएर बेवारिसे अवस्थामा गोदाम गरी राखेको सो परिमाणको चिनी बरामद गरिएको हो ।   


प्रतिक्रिया