मोरङको रंगेलीमा आगलागीबाट २२ घर जलेर नष्ट

चैत्र ४, २०८० | विराटनगर
आगलागीबाट मोरङको रंगेली नगरपालिका–३ बाबुसाहेब टोलको सन्थाल बस्तीनै सखाप भएको छ ।
शनिबार अपराह्न लागेको आगलागीबाट२२ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक रञ्जन दाहालका अनुसार आगलागीबाट मानवीय क्षतिभने भएको छैन ।
स्थानीयका अनुसार बस्तीमाथि रहेको बिजुलीको तार सर्ट भएर जंगली सतारको घरमा आगो सक्लिएको थियो ।
आगो अन्यत्र फैलिएसँगै बाँस र खरको छानो छाएको बस्तीनै सखाप भएको स्थानीयले बताए ।
यसअघि पनि बिजुलीको तार सर्ट भएर बस्तीमा आगोको झिल्का पटक पटक झर्दा स्थानीयले निभाएका थिए ।
प्रहरीका अनुसार आगो लागेको चार घण्टापछि निभाइएको थियो ।