अछामको मेल्लेखमा ट्याक्टर दुर्घटना, ५ को मृत्यु

चैत्र १२, २०८० | अछाम

अछामको मेल्लेख गाउँपालिका–७ नन्देगडाको सुयडीमा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । 

दुर्घटनामा परि मेल्लेख–१ रिसिदहका ५५ वर्षीय रंग धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामीको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ । 

एक जनाको भने सनाखत हुन बाँकी छ । शोडषाबाट साँफेबगरतर्फ जाँदै गरेको ट्याक्टर बिहान पल्टिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । 

४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र एक जना बालक गरी ३ जना घाइतेलाई बयालपाटा अस्पाताल लगिएको अछामका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो । 


प्रतिक्रिया