कर्णाली पुलबाट हामफालेका लोकेन्द्र शाही मृत फेला
चैत्र १५, २०८० | धनगढी
कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाही आज मृत अवस्थामा भेटिएका छन् ।
टिकापुर नगरपालिका २ सनकट्टी घाटमा उनको शव फेला परेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो ।
लम्कीचुहा नगरपालिका ३ चिसापानीका अन्दाजी ३० वर्षीय शाही होलीको दिन गत सोमवार कर्णाली नदीमा हाम फालेका थिए ।
घटनालगत्तैदेखि उनको खोजी कार्य सुरु गरिएको थियो । पुल माथिबाट शाहीसहित १७ जनानदीमा हाम फालेका थिए ।