राजनीति उथलपुथल हुँदा कर्मचारीले काम गर्दैनन्ः मुख्यमन्त्री चौधरी

चैत्र २०, २०८०

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले देशमा राजनीति घटनाक्रम उतथपुथल हुँदा स्थानीय सरकारको प्रशासन कमजोर भएको बताउनु भएको छ । लुम्बिनी प्रदेश योजना आयोगले देउखुरीमा गरेको दोस्रो आवधिक योजनाको आधारपत्र सार्वजनिक गर्दै उहांले यस्तो बेलामा कर्मचारीले काम नगर्ने बानीले संघीयता कार्यन्यवनलाई टेवा दिन नसक्ने बताउनुभयो । 

केन्द्रमा सत्ता समीकरण परिवर्तन हुँदा कर्मचारीले काम नगरेकोप्रति उहांको संकेत थियो । केन्द्रमा सत्ता फेरिँदा प्रदेश पनि अछुतो नरहने र सत्ता परिवर्तनले कामलाई असर परेको उहांको भनाई थियो । छ जिल्ला पहाड र छ जिल्ला तराई रहेको लुम्बिनी प्रदेश आर्थिक रुपले समृद्धि र सम्पन्न प्रदेश बनाउन निरन्तर योजनाबद्ध रुपमा सरकारले धेरै काम गरेको उहांको दाबी थियो । 


प्रतिक्रिया