कर्णाली प्रदेशसभा बैठक स्थगित, भोलि बस्ने

चैत्र २०, २०८०

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ । आज दिउंसो ३ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । बैठक भोलि दिउंसो ३ बजे सम्मको लागि स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

केन्द्रको सत्ता समीकरण परिवर्तन भएसंगै कर्णाली प्रदेशबाट कांग्रेस बाहिरिएसंगै मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिन लाग्नु भएको थियो । सत्ता समीकरणमा भएको सहमति अनुसार कर्णाली प्रदेश एमालेको भागमा परेको छ । तर माओवादी केन्द्रका प्रदेश तहका नेताहरुले मुख्यमन्त्री छाड्न नसक्ने अडान राखेपछि विवाद सुरु भएको छ । विवाद मिलाउने प्रयासमा भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि प्रदेशसभा बैठक सारिएको हो । 


प्रतिक्रिया