शे–फोक्सुण्डोमा भेटिए दुर्लभ ९० हिउँ चितुवा

चैत्र २९, २०८० | हुम्ला

कर्णाली प्रदेशको मुगु र डोल्पा जिल्लामा फैलिएको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ ९० वटा हिउँ चितुवा भेटिएको छ ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रमा जडान गरिएको ३ सय १९ वटा स्वचालित क्यामेराको रिपोर्ट अनुसार ९० वटा हिउँ चितुवा भेटिएको निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले बताउनुभयो । सो प्रविधिको प्रयोग गरी हिउँ चितुवाको गणना डोल्पामा पहिलो पटक गरिएको हो ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हिउँ चितुवाको घनत्व उच्च रहेको विश्व वन्यजन्तु कोषका अनुसन्धान तथा फिल्ड कार्यक्रम अधिकृत चन्द्रजङ्ग हमालले बताउनुभयो । निकुञ्ज क्षेत्रको करिव २ हजार ५ सय देखि ५ हजार ५ सय मिटर उचाइमा हिउँ चितुवा भेटिने गरेका छन् । 


प्रतिक्रिया