प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

चैत्र ३०, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
भेटमा मुलुकको पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको हो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
संघीय संसद्को अधिवेशनलगायतका विषयमा समेत छलफल भएको जनाइएको छ । भेटपछि सिंहदरबारमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका कारण प्रतिनिधिसभाको बैठक चल्न नसकेको बताउनुभयो ।