कञ्चनपुरको गड्डाचौकी र ब्रम्ह्देव नाका तीन दिन बन्द हुने

वैशाख ४, २०८१ | कञ्चनपुर

कञ्चनपुरको गड्डाचौकी र ब्रम्ह्देव नाका मंगलबारदेखि तीन दिन बन्द हुने भएको छ । भारतको लोकसभा निर्वाचनका लागि गड्डाचौकी र ब्रम्ह्देव नाका मंगलबारदेखि तीन दिन बन्द हुने भएको हो । 

जिल्ला प्रशासन कार्यालयका अनुसार पहिलो चरणको निर्वाचनका लागि मंगलबारदेखि (बैशाख ४ गते साँझ ५ः१५ बजेदेखि ७ गते ५ः१५ बजे सम्म) नाका बन्द हुनेछ । 

पहिलो चरण अन्तर्गत अप्रिल १९ का दिन उत्तराखण्ड लगायत क्षेत्रमा निर्वाचन भइरहेको छ । उत्तराखण्डको चम्पावत जिल्ला कञ्चनपुरसँग जोडिएको छ । सो क्षेत्रमा ब्रम्ह्देव र गड्चौकी नाका पर्दछन् । 

चम्पावतका डिस्ट्रिक मजिष्ट्रेटले पठाएको पत्र अनुसार तीन दिन एम्बुलेन्स लगायत अत्यावश्यक बाहेक आवगमन बन्द रहने जनाएको छ । लोकसभा निर्वाचन अप्रिल १९ देखि जुन १ सम्म सात चरणमा हुनेछ ।


प्रतिक्रिया