ठगीको सन्दर्भमा आफूहरुले उठाएको विषय प्रमाणितः कांग्रेस नेता थापा

वैशाख ४, २०८१

प्रतिपक्षी नेपाली कंग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीको सन्दर्भमा आफूहरुले उठाएको विषय प्रमाणित भएको बताउनुभएको छ । कञ्चनपुरमा आयोजित कार्यक्रममा महामन्त्री थापाले प्रहरीको अनुसन्धान विश्वसनिय नभएको भन्दै संसदीय छानविन समिति गठन गर्नुपर्ने माग सही भएको बताउनुभयो ।

सहकारी ठगीमा जुनसुकै दलको नेता संलग्न भएपनि कारवाही हुनुपर्ने उहाँको भनाइ थियो । कंग्रेस महामन्त्री थापाले सहकारी ठगीमा संलग्न रवि लामिछाने र वर्तमान गृहमन्त्री एउटै व्यक्ति हो की होइन भनेर छानविन गर्नुपर्ने बताउनुभयो ।

यसअघि सहकारीको रकम हिनामिना भएको बिषयमा सरकारी वकिल कार्यालयले बुटवलस्थित जिल्ला अदालत रुपन्देहीमा जीबी राईसहित २८ जनालाई प्रतिवादी बनाएर मुद्धा दर्ता गराएको थियो । 


प्रतिक्रिया