मधेश सरकारबाट लोसपा बाहिरियो

वैशाख ४, २०८१

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले मधेश प्रदेश सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थनबाट पछि हटेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत लिने तयारी गरेका बेला लोसपाले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । 

लोसपाले मधेश प्रदेश सरकारमा रहेका वनतथावातावरण मन्त्री रमेशकुर्मी पटेललाई फिर्ता बोलाइसकेको छ । यसैबीच, मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको प्रदेश सभाको बैठक बस्न सकेको छैन । जनमत पार्टी र नेपाली कांग्रेसको अबरोधपछि १० मिनेटका लागि बैठक स्थगित गरिएको थियो । जनमत पार्टीले मुख्यमन्त्री यादवकै उपस्थितीमा गत माघ ८ गते सप्तरीको राजविराजमा आफ्ना नेता कार्यकर्तामाथि आक्रमण भएको भन्दै जनमत पार्टीले विरोध जनाएको हाम्रा सहकर्मीले जनाएका छन् । 

जनमत पार्टीका सांसदले कार्यव्यवस्था परामर्श समितिको बैठक नबसी बैठक डाकिएको भन्दै समेत आपत्ति जनाएका थिए । उनीहरुले आ–आफ्नो ठाउँबाट उभिएर बैठक चल्न नदिने अडान लिएपश्चात् एमालेका सांसद दीपेन्द्र ठाकुरले राजविराजको घटना व्यक्तिगत भएकाले संसद अवरोध गर्न नपाइने बताएपछि जनमत र कंग्रेसका सांसद आक्रोशित भएका थिए ।


प्रतिक्रिया