राजनीतिक दलसंग आवद्ध शिक्षकलाई कारबाही प्रक्रिया शुरु

वैशाख ४, २०८१

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारवाहीका लागि प्रक्रिया शुरु गरेको छ । राजनीतिक दलसंग आवद्ध रहेर राजनीति गरीरहेका शिक्षक पहिचानका लागि मन्त्री सुमना श्रेष्ठले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासंग छलफल गर्नु भएको छ । छलफलमा शिक्षामन्त्रीले राजनीति गरिरहेका शिक्षक पहिचान गर्न निर्वाचन आयोगबाट सहयोग माग गर्नुभएको उहांको सचिवालयले जनाएको छ । 

प्रचलित कानुनले शिक्षकलाई राजनीति गर्नबाट बन्देज गरेपनि दलको सदस्यता लिएको, सक्रिय राजनीति गरेको विषयमा मन्त्रालयमा उजुरी प्राप्त भएको मन्त्रीश्रेष्ठले बताउनुभयो । प्रमुख आयुक्त थपलियाले विद्यमान कानुन, विगतमा अदालतबाट भएका फैसला र अन्तर्राष्ट्रिय अभ्याससमेत हेरेर दलमा आबद्ध शिक्षक र कर्मचारीलाई कारवाही गर्न कुनै समस्या नरहेको उल्लेख गर्नुभयो । 


प्रतिक्रिया