सिनास र स्ववियुबीच सिनासवृत्ति उपलब्ध गराउने समझदारी

वैशाख ४, २०८१

आगामी शैक्षिक सत्रबाट विद्यार्थीलाई शोधकार्यमा आर्थिक सहयोग प्रदान गर्न सेन्टर फर नेपाल एण्ड एसियन स्टडिज (सिनास) र त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुबीच समझदारी भएको छ । 

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक संकाय अन्तर्गतका केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीको शोधकार्यका लागि सिनास वृत्ति उपलब्ध गराउने समझदारी भएको हो । 

समझदारी पत्रमा सिनासका कार्यकारी निर्देशक मृगेन्द्र बहादुर कार्की र स्ववियु सभापति श्यामराज ओझाले हस्ताक्षर गर्नुभएको छ । समझदारी अनुसार विभागबाट सिफारिस भएका विद्यार्थीलाई २५ हजार रुपैया सहयोग गरिनेछ । 


प्रतिक्रिया