लागूऔषध मुद्दामा फरार एन्फा उपाध्यक्ष दावा लामा

वैशाख ५, २०८१ | काठमाडौं
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दावा लामालाई पक्राउ गरेको छ ।
लामालाई काठमाडौँबाट आज पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।
लागूऔषध खैरो हिरोइन कारोबार मुद्दामा उच्च अदालत पाटनबाट २०६४ सालमा दोषी ठहर भई फरार रहेका लामालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।