दाङको राजपुुरमा आगलागी हुँदा २४ घर जलेर नष्ट

वैशाख १६, २०८१

दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन् ।

आगलागीले अन्य १० वटा गोठसमेत जलेर नष्ट भएको वडा नं ७ का वडाध्यक्ष पुष्कर वलीले बताउनुभयो । सो गाउँमा २५ वटा घर थिए । तीमध्ये २४ वटा जलेर नष्ट भएका हुन् ।

आगलागीले जलेर नष्ट भएका सबै घर खरले छाइएका थिए । जस्ताले बनाएको मानबहादुर गिरीको घर बाहेक सबै घर जलेका छन् । नजिकै रहेको वनबाट लागेको आगो गाउँमा सल्किएको हो ।

स्थानीयवासीले आगो निभाउने प्रयास गरेपनि सम्भव नभएपछि गाउँ नै सखाप भएको स्थानीयले बताए । 


प्रतिक्रिया