स्रोत नखुलेको ९८ लाख रकमसहित काठमाडौंबाट दुई जना पक्राउ

वैशाख २८, २०८१ | काठमाडौं

स्रोत नखुलेको ९८ लाख रकमसहित दुई जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रुपन्देहीको सियारी गाउँपालिका ७ का २८ वर्षीय समिर सुनार र सोही स्थानका २९ वर्षीय मिलन बिकलाई पक्राउ गरि आज सावर्जनिक गरेको होे ।

 उनीहरुको साथबाट नगद ९८ लाख तथा बा १३ च ४८५८ नम्बरको फोर्ड कम्पनीको एउटा गाडी समेत बरामद गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार २९ वर्षीय मिलन बिक यसअघि २०८० असोज १० गते दोलखामा साढे ११ केजी अवैध सुन पैठारीमा संलग्न भएको आरोमा पक्राउ पुर्जी जारी भएपछि फरार भएको पाइएको छ ।

 दरबारमार्ग क्षेत्रमा सो रकम गाडीमा लिएर हिँडेको अवस्थामा हिजो पक्रउ परेका उनीहरुलाई प्रहरीले आज पत्रकार सम्मलेन मार्फत सार्वजनिक गरेको हो ।

उनीहरु पछिल्लो २ वर्ष यता हुण्डी कारोबार लगायत विभिन्न आपराधिक कार्यमा संलग्न रहेको अनुसन्धानका क्रममा खुल्न आएको छ ।   


प्रतिक्रिया