संसदलाई ब्यारेक बनाएको कांग्रेसको आरोप

जेष्ठ ७, २०८१
संसदलाई ब्यारेक बनाएर प्रधानमन्त्री दाहालले विश्वासको मत लिएको आरोप प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसले लगाएको छ । विश्वासको मत लिन आवश्यक नभएको दिन लिएको सो पार्टीका प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो । सरकार निरंकुश तर्फ लागेको उहाँको भनाई थियो ।
यता, सहकारी ठगीबारे संसदीय छानविन समिति गठन गर्ने प्रमुख दलहरुको तयारी विकसित राजनीतिक घटनाक्रमसँगै ओझेलमा परेको छ । समितिको कार्यादेशबारे सहमति हुन नसकेपछि स्थगित गरिएको कार्यदलको बैठक अनिश्चित भएको नेताहरुले बताएका छन् ।