मलामी बोकेको बोलेरो दुर्घटना हुँदा १४ जना घाइते

जेष्ठ २, २०८१
दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीमा मलामी सवार बोलेरो दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । शैलुङ गाउँपालिका ८ ढाँडे कुनेबाट मलामी र दाउरा लिएर तामाकोशी तर्फ आइरहेको बोलेरो सत्यश्वर–सिम्टे सडक खण्डको भटमासेमा आज बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अधिकांस गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । उनीहरुको चरिकोटमा उपचार भइरहेको हाम्रा सहकर्मीले जनाएका छन् । क्षमता भन्दा बढी मलामी बोकेको बलेरो ब्रेक फेल भएर अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।