प्रतिनिधिसभाको बैठक आइतबारसम्म स्थगित

जेष्ठ ४, २०८१ | काठमाडौं

प्रतिनिधिसभाको बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

आज बिहान ११ बजेका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै सभामुख देवराज घिमिरेले अन्तिम समयमा दिउँसो २ बजेका लागि स्थगित गर्नु भएको थियो । तर २ बजेसमेत बैठक बस्न सकेन ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने बैठक स्थगित गर्न माग गरेको थियो ।

संसद् सचिवालयका अनुसार अब अर्को बैठक २०८१ साल जेठ ६ गते आइतबार बिहान ११ बजे बस्नेछ ।

कांग्रेसले सहकारीको रकम अपचलन गरेको विषयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति गठन गर्नुपर्ने माग भन्दै संसद्मा अवरोध गर्दै आएको छ ।


प्रतिक्रिया